काठमाडौं महानगरले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा आयोगको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । महानगरले शुक्रबार एक सूचनामार्फत निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो ।
यसको लागि आवेदन दिन नागरिकताको फोटोकपी, महानगरमा स्थायी बसोबास गरेको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
खरिदार र नायव सुब्बा स्तरको तयारी कक्षामा सहभागिताका लागि प्रमाणपत्र तहको र अधिकृत स्तरको तयारी कक्षामा सहभागिताका लागि स्नातक तहको शैक्षिकमहानगरले लोकसेवाको निःशुल्क तयारी कक्षा संचालन गर्ने प्रमाणपत्र पेश गर्नुपर्ने महानगरले जनाएको छ ।