काठमाडौँ महानगरको आयोजनामा भोलिदेखि सीप मेला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । काठमाडौँमा सीप मेला आयोजना हुने भएको छ। काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा भोलि (वैशाख १९ गते) देखि सो मेलाको आयोजना गर्ने भएको हो।

मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताइन्।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन्।

उपमेयर डंगोलले भनिन्, ‘सीप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौँ। त्यो उद्देश्यस्वरुप सीप मेला भने भोलि शुभारम्भ हुँदै छ।’

मेलामा तालिमका लागि अटो मोबाइल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्यूटिसिएन, डिजाइनिङ र पुरोहित रहेका छन् । सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौँ महानगरपालिकाले जनाएको छ।

 

IME Lifesidebar
kumari