macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भरतपुरमा कबाड सामान ढुवानीमा कर लगाउने तयारी

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

भरतपुर । पुनर्प्रयोग आउने वस्तु (कबाड) को ढुवानीमा भरतपुर महानगरले कर लगाउने तयारी गरेको छ । भरतपुर महानगरमा उत्पादन भएर महानगरभन्दा बाहिर ढुवानी हुने कबाड सामानबाट महानगरले राजस्व उठाउने लक्ष्य लिएको हो । कर सङ्कलनकै लागि महानगरले टेन्डर आह्वान गरिसकेको छ ।

यसअघि यो शीर्षकमा महानगरले राजस्व उठाएको थिएन । महानगर राजस्व शाखाका अधिकृत बुद्धिप्रसाद भुसालले महानगरले न्यूनतम एक करोड ४९ लाख १६ हजार २२५ रुपियाँ राजस्व सङ्कलन गर्ने गरी टेन्डर आह्वान गरेको जानकारी दिनुभयो ।

“महानगरले करको दायरा बढाउने उद्देश्य अनुरूप नयाँ क्षेत्रमा करको दररेट तय गरिएको हो,” उहाँले भन्नुभयो, “टेन्डर आह्वान भएको छ । चालु आर्थिक वर्षबाटै यो शीर्षकको राजस्व सङ्कलन गरिने छ ।”

महानगरले पुनर्प्रयोगमा आउन सक्ने ३८ प्रकारका वस्तु तय गरेको छ । जसमध्ये अहिले पनि मुख्य २० वटा वस्तु महानगरबाट निर्यात भइरहेको बताइन्छ ।

भरतपुरमा सबैभन्दा बढी सङ्कलन हुने कबाड फलाम नै हो । यसको कर प्रतिकिलो दुई रुपियाँ लगाइएको छ । फलाम मार्फत महानगरले ३० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ । महानगरले तय गरेको कबाड वस्तुको सबैभन्दा बढी कर ब्याट्रीमा हो ।

३५ एम्पियरभन्दा माथिका ब्याट्रीमा महानगरले ३० रुपियाँ कर तय गरेको छ । बढी जम्मा हुने खाली बोतलको ५० पैसा, कागजको प्रतिकिलो ५० पैसा महानगरले करको मूल्य निर्धारण गरेको छ । यसरी ३८ प्रकारका पुनप्र्रयोगमा आउने वस्तुको करको दर कायम गरिएको महानगरले जनाएको छ ।

महानगरकी प्रमुख रेनु दाहालले स्थानीय तहको क्षेत्र अधिकारभित्र रहेको कबाड सामानको ढुवानीमा उठाउने कर महानगरले आर्थिक ऐन अनुसार नै राजस्व परामर्श समितिको निर्णय गराएर ठेक्का आह्वान गरिएको बताउनुभयो ।

“हामीले छलफल गरेर नै कबाडमा कर लगाउने निष्कर्षमा पुगेका हौँ । यसलाई नगर परिषद्ले नै अनुमोदन गरेको अवस्था हो,” उहाँले भन्नुभयो । कबाड व्यवसायी भने महानगरले गरेको यो निर्णयको विरोधमा छन् । विगतमा तत्कालीन जिल्ला विकास समिति ९अहिले जिल्ला समन्वय समिति० ले लिने गरेको यो कर अहिले महानगरले ब्युँताएको उनीहरूको आरोप छ । चितवन कबाड व्यवसायी सङ्घका अध्यक्ष नारायणबहादुर गुरुङ महानगरले दोहोरो तेहेरो कर लगाउन नहुने तर्क गर्नुहुन्छ ।

“अहिले पनि  महानगरले व्यावसायिक कर लिन्छ । फेरि नयाँ कर थप्नु अन्याय हो,” उहाँको गुनासो छ । उहाँले कर लगाउनै परे पनि महानगरले आफ्नो लक्ष्य तोकेर कबाड व्यवसायी सङ्घलाई नै कर उठाउने जिम्मा दिन उहाँले आग्रह गर्नुभयो । अहिले महानगरले तोकेको करको दर बढी भएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामी फेरि ठेकेदारको दिग्दारीमा पर्नु छैन । जति कर लिने हो, छलफल गरौँ । त्यसको जिम्मा कबाड व्यवसायी सङ्घलाई नै दिइयोस् ।”

अहिले व्यवसायी महानगरले गरेको टेन्डर आह्वान खारेजका लागि चरणबद्ध आन्दोलनमा पनि छन् । भरतपुर महानगर कर परामर्श समितिका संयोजकको जिम्मेवारी समेत रहने उपप्रमुख चित्रसेन अधिकारी व्यावसायिक करलाई कबाड करसँग जोडेर हेर्न नहुने बताउनुहुन्छ ।

“कबाड कर सामान खरिद गरेर लैजाने व्यवसायीले तिर्ने हो । त्यो बेच्नेले होइन । व्यवसाय कर सम्बन्धित व्यवसायीले तिर्ने हो,” उहाँले स्पष्ट पार्नुभयो ।

महानगरले कबाड करका लागि टेन्डर आह्वान गरिसकेका कारण सोही टेन्डर अनुसार नै अगाडि बढ्ने उहाँले जनाउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२५ असोज २०८०, बिहीवार ०६:४८ बजे प्रकाशित

NTA long ad