stcnepal long ad
global ime bank long

काठमाडौँ महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू एकतर्फी (वान–वे) बनाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानका सडकहरू एकतर्फी (वान–वे) बनाउने भएको छ।

महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा सडक–खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी भएको महानगरले जनाएको छ ।

काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलनमार्ग हुँदै त्रिपुरेश्वर आउने सडक–खण्ड एकतर्फी बनाइने छ।

महानगरका अनुसार पुतलीसडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फ सडक–खण्डमा अब प्लाजाबाट बाँया मोड्न पाइने छैन। त्यहाँदेखि महेन्द्र सालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ। त्यस्तै, सडक संकेत राखेर सर्वसाधारणलाई जानकारी गराएपछि मात्रै निर्णय कार्यान्वयन गरिने छ।

IME Lifesidebar
kumari