stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सम्पूर्ण नगरवासीहरुमा गोकर्णेश्वर नगरपालिकाको विशेष अपिल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १४, २०७६ शुक्रबार

काठमाडौँ । पूरा विश्वले नै सामना गरिरहेको कोरोना माहामारीका सन्दर्भमा आफ्ना नगरवासीहरुलाई कसरी जानकार, सुरक्षित तथा निश्चिन्त राख्न सकिन्छ र आम नगरवासीहरुलाई परामर्श र सहयोग उपलब्ध गराउन सकिन्छ भन्नेमा सम्पूर्ण जनप्रतिनिधिहरु दत्तचित्त रहेको यहाहरु सबैमा जानकारी गराउदछौ ।

यसै क्रममा गोकर्णेश्वर भित्र रहेका सम्पूर्ण अस्पताल एवं स्वास्थ्य संस्थाहरुसंग सहकार्य र समन्वय गर्ने, आइसीयु, भेन्टिलेटर सहितको बिस शैयाको (आईसोलेसन वार्ड ) विशेष अस्थायी अस्पताल संचालन गर्ने, चिकित्सक एवं विज्ञहरुको हटलाईन सेवा सुरु गर्न, एम्बुलेन्स सेवा संचालन गर्ने, आफैले स्यानिटाईजर उत्पादन गर्ने , प्रत्येक वडामा खाद्यान्न भण्डारण संचालन गर्ने लगायत विविध जनचेतनाका कामहरु भईरहेका छन् ।
माहामारी आफैमा विशेष परिस्थिति भएकाले यस कार्यमा तपाई नगरवासीहरुको पनि उत्तिकै ठुलो भूमिका रहन्छ । यसै सन्दर्भमा यहाहरु समक्ष हामी विशेष अपिल गर्न चाहन्छौ कि आफ्नो घरमा, टोल छिमेकमा वा आफन्तकोमा यदि कोहि व्यक्ति एक महिना भित्र विदेशबाट नेपाल फर्कनुभएको छ वा कसैलाई ज्वोरो, सुख्खा खोकी, जिउ दुख्ने र स्वास फेर्न गार्हो हुने जस्ता लक्षणहरु देखिएका छन् भने निम्न नम्वरहरुमा खबर गरि आफू, आफ्नो परिवार, समग्र समाज र राष्ट्रवासीको स्वास्थ्यका लागि भूमिका निभाई दिनुहुन विशेष अपिल गर्दछौ र यस परिस्थितिमा नगरपालिकाले चाल्न सक्ने कदमका बारे यहाँहरुको सुझावको हार्दिकताका साथ् ग्रहण गरिने जानकारी गराउदछौ ।
नगर प्रमुख सन्तोष चालिसे
नगर उप प्रमुख शान्ति नेपाल
प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी
प्रमुख सल्लाहकार दिपक रिसाल
वडा नं १ वडा अध्यक्ष राम मानन्धर
वडा नं २ वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रि
वडा नं ३ वडा अध्यक्ष राजेन्द्र भण्डारी
वडा नं ४ वडा अध्यक्ष श्री कुमार श्रेष्ठ
वडा नं ५ वडा अध्यक्ष नारायण सुबेदी
वडा नं ६ वडा अध्यक्ष रमेश अर्याल
वडा नं ७ वडा अध्यक्ष केशव गुरुङ
वडा नं ८ वडा अध्यक्ष मनोज ढुंगाना
वडा नं ९ वडा अध्यक्ष राजिव थापा
एबं समस्त गोकर्णेश्वर नगरपालिका परिवार
सम्पर्क नम्बरहरु
हरि प्रसाद उपाध्याय ९८४१३९१०००
डा. सुबास प्याकुरेल ९८५१११५३०६

prabhu mahalaxmi
kumari