राष्ट्रको विकासमा टेवा पु-याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

आर्थिक सञ्जाल । बिहीबार, १५ फागुन २०७६
काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको विकासका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास जरुरी रहेको बताइन् ।
मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यो क्षेत्र धार्मिक पर्यटन उर्वरभूमि भएको बताइन् । जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा उनको जोड थियो ।
“यस क्षेत्रमा रहेका अपि नाम्पा हिमाल, कैलाश मानसरोवर जाने मार्ग भएका कारण पनि यो क्षेत्र पर्यटकीय क्षेत्रको लागि उपयुक्त छ, पर्यटकीय हिसाबले यो क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्छ”, उनले सम्बोधनमा भनिन्, “यहाँ रहेका विकास निर्माणमा टेवा पुग्ने खालका गतिविधिलाई अघि बढाउनुपर्छ, मानसरोवर जाने मार्ग यही छ, यस क्षेत्रसम्म पहुँच पु¥याउन सबैले हातेमालो गरौँ।”