नेपालका स्थानीय सरकारका निर्वाचित प्रतिनिधिहरुको परिचयात्मक भारत भ्रमण
काठमाडौं । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माणमा भारत सरकारको प्रयास स्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरुका लागि (United Nations Office for Project Services) ले भारतमा २०७६ माघ २७ देखि फाल्गुण २ गते सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको छ । दुई नगरपालिकाका मेयर÷उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन् ।
भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्की स्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेका Shake Table Testing Facility, Structural Engineering Lab,Fire Lab, Technology Demonstration Lab/Rural park को अवलोकन गर्ने छन् । दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीता मूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले CURE संस्थाको भ्रमण गर्नेछन् । इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (INTACH) मा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्य बारे जानकारी लिनुका साथै (INTACH) हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन् ।
नुवाकोट जिल्लामा २३,०८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन UNOPS ले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।
विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ ।