आज बुङ्मती लगिँदै रातो मच्छिन्द्रनाथलाई
ललितपुर ।आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मती लगिँदैछ । आज बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटको साइतभित्र मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा राखेर बुङ्गमतीतर्फ लगिने दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले उज्यालोलाई जानकारी दिनुभयो ।
विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीत र्फ लैजान लागेको हो ।
कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउँने सहमतिअनुसार गएको २१ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो ।
त्यस्तै २२ गते मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिएको थियो । असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
























