sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

रुकुम घटनाको छानविन गर्न ५ सदस्यीय छानविन समिति गठन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले गत १० गते रुकुममा भएको जातीय हिंसाको घटनाबारे राष्ट्रियसभाको बैठकमा जानकारी गराएका छन् ।

मंगलबार राष्ट्रियस भामा बोल्दै मन्त्री थापाले ३ जनाको ज्यान गएको र ३ जना अझै बेपत्ता भएको सो घटनाले सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।

घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभाग, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहनेगरी ५ सदस्यीय छानविन समिति गठन गरिएको पनि मन्त्री थापाले जानकारी दिए ।

त्यस अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले पश्चिम रुकुममा दलित युवाको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कारवाही गर्न माग गरेका थिए । उनले घटनामा सरकारले चालेको कदमबारे जवाफ माग गरेका थिए ।

त्यस अघि राष्ट्रियस भामा गृहमन्त्रीले दिएको जानकारी अनुसार रुकुम पश्चिम चौरजहारी वडा नम्बर–८ का वीरबहादुर मल्लकी कि छोरी वर्ष १७ कि सुष्मा मल्ललार्ई भगाइ ल्याउन जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २१ का नवराज विक सहित १९ जनाको समूह गत जेठ १० गते बेलुका चौरजाहारी पुगेका थिए ।

भगाई लाने पक्ष र केटी पक्षका बीच झडप हुँदा केटी पक्षकाले भेरी नदीतर्फ लखेटेका थिए । केटा पक्षको सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षका ५ जनालाई अस्थायी प्रहरी पोष्ट राउत गाउँ र ७ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।

गत जेठ १० गते राति १० बजे नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको सोही दिन साँझ ६ बजे टीकाराम सुनारको शव फेला परेको, जेठ १२ गते दिउसो वर्ष १७ का गणेश बुढाको शव फेला परेको थियो । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ ।

हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको छ । जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले बताए ।

gold
nawakantipur long