एनसीसी बैंकले ३ अर्बको ऋणपत्र ल्याउने, धितोपत्र बोर्डसँग अनुमति लिंदै

काठमाडौं । एनसीसी बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । एनसीसी बैंकले प्रति इकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिनेछ । बाँकी १८ लाख इकाई संघ–संस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १०.५५ ब्याजदर पाइनेछ । बैैंकले १० बर्ष अवधिको एनसीसी ऋणपत्र–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट एण्ड बैकिङ लिमिटेडले गर्ने भएको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । यो ऋणपत्रका लागि बैंकले अहिलेसम्म रेटिङ भने गराएको छैन ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम रुपमा ऋणपत्रका लागि तयारी गरीरहेको छन् । ऋणपत्रको शतप्रतिशत कर्जा प्रवाह गर्न पाइने भएकाले पनि थप उत्साह बढेको हो ।