stcnepal long ad
ime life insurance
national life
global ime bank long

कम्युनिष्ट ट्यागमा गोरख धन्दा बन्द गराै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

आर सी न्यौपाने

कम्युनिजमको दर्शन विध्यमान मानव सभ्यताको चरणमा वर्तमान समाजको जिवन्त शास्वत सत्य हो । कथनी र करनीको समान ध्यय र दिशा निर्धारण हुन नसके सम्म कम्युनिष्ट आन्दोलनले मुर्त लक्ष चुम्न सक्दैन ।

एका तर्फ समाजवादी सिद्धान्तको पैरवी गर्दै कार्ल मार्क्स ,फ्रेडरिक एङेगेल्स , लेनिन ,जोसेफ स्टालिन , माओ सेतुङ ,हो चिन मिन्ह , फिडेल कयाष्ट्रो , चे ग्वेभारा , पुष्पलाल आदि सिद्धान्नतनिष्ट दार्शनिक एवं राज नेताहरुको ट्याग झुण्ड्याउदै देश ब्यापी राजनीतिक अभियान छेडने अर्को तर्फ राष्ट्रिय उधोगको बेच बिखन , शिक्षा सवास्थ्यको निजिकरण , युवा शक्तिको विदेश निर्यात ,संस्थागत भ्रष्टाचार , धर्म निरपेक्षता /ख्रिष्टानिकरण , इण्डो-प्यासिफिक , होलिवाइन , एम सि सि , नेपाल ट्रष्टको जग्गा माथिको नीतिगत दोहन , बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हडप्ने धन्दा ,सेक्युरिटी परिन्टिङ प्रेस ७५ करोड प्रकरण , कोरना भाईरस मेडिकल सामाग्री ढकाल- ओ म्नी गोरखधन्दा प्रकरण आदि ईत्यादि वाम जनमत विरोधी हर्कतहरु लगायतका गलत एजेण्डाहरु बोक्दै राष्ट्र / नेपाली समाज धवस्त पार्न उद्धत रहने दोहोरो चरित्र किमार्थ कम्युनिष्ट आचरण, मर्यदा र जिम्मेवारी भित्र प्रदैन ।आम कम्युनिष्ट कार्यकर्ता , समर्थक जनपंति र सुवेच्छुक राष्ट्रवादी शक्तिले यस कथनी /करनीलाई गंभिर बनि अवलोकन गरोस ।क्रान्ति मिथ्या फिक्सनको कथा होइन ।

यो समाजको आमुल परिवर्तनको जिवन्त प्रवाह हो ।यो गुढ सत्य समस्त नेकपा(नेकपा) का नेता र कार्यकर्ता पंतिले बेलैमा आत्मसाथ गराै ।अन्यथा कम्युनिष्ट आन्दोलनको विसर्जन दुर दराजको विषय नबन्न सक्छ । सबै सचेत बनाै ।

IME Lifesidebar
kumari