stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुनचाँदी व्यवसायी महासंघले कोरोना उपचार कोषमा १५ लाख सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २१, २०७६ शुक्रबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ ।

महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको अवस्थामा आफूहरुले पनि सहयोग उपलब्ध गराउन लागेको जानकारी दिए ।

मानवीय सङ्कट आउन नदिन र दैनिक मजदूरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले खाद्य सामग्री अभाव हुन नदिन महासङ्घले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराएको महासङ्घले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari