लोसपा र राप्रपाबाट कांग्रेसमा आएका ६ जनाले जिते
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० पार्टी र राप्रपाबाट प्रवेश गरेका ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा विजय हासिल गरेका छन ।
विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका निवर्तमान सहमहामन्त्री सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका छन् ।
२०७४ असोज ३० असोजमा कांग्रेससँग पार्टी समायोजन गरेका गच्छदार स्वयं उपसभापतिमा दुई मतले धनराज गुरुङसँग पराजित भएका छन। उनीसँग आएका पाँचजना केन्द्रीय नेता कांग्रेसको केन्द्रीय समितिमा विजयी हुन सफल भएका छन् ।
लोकतान्त्रिक फोरमबाट कांग्रेस भएका रामजनम चौधरी,योगेन्द्र चौधरी थारू कोटाबाट, डा। गोपाल दहित,गणेश लामा खुला सदस्यबाट र कल्पना चौधरी थारू महिला कोटाबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित हुन सफल भएका छन् ।
केन्द्रीय समितिका लागि खुलातर्फबाट उम्मेदवारी दिएका डा। दहित १७ सय १० र लामाले १७ सय ८२ मत ल्याएका छन्। रामजनम चौधरी थारू खुला कोटातर्फबाट २५ सय तीन र योगेन्द्र चौधरीले २१ सय ९८ मत प्राप्त गरी केन्द्रीय समितिमा पुग्न सफल भएका छन् ।
यसैगरी थारू महिला कोटातर्फबाट २५ सय २४ मतसहित कल्पना चौधरी केन्द्रीय समितिमा विजयी हुँदा गच्छदार सहित तत्कालीन लोकतान्त्रिक फोरमका शिवकुमार गुर्मछान र गीता चौधरी प्रतिस्पर्धामा उत्रिए पनि केन्द्रीय समिति सदस्य बन्न असफल भएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका निवर्तमान सहमहामन्त्री सुनिल बहादुर थापा पनि केन्द्रीय समितिमा सदस्यमा खुलातर्फबाट विजयी भएका छन् ।
गत २०७७ साउन १३ मा कांग्रेस प्रवेश गरेका थापालाई २०७७ कात्तिक २८ मा सहमहामन्त्रीको जिम्मेवारी दिइएको थियो । हालै सम्पन्न महाधिवेशनमा खुला केन्द्रीय सदस्यको कोटाबाट उम्मेदवार भएका थापाले २४ सय ७२ मतसहित विजयी भएका छन् ।
राप्रपा परित्याग गरी आएकामध्ये गत २०७७ कात्तिक २८ मा केन्द्रीय सदस्यमा मनोनीत भएका रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, किरण गिरी, टि।एन। योगी, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंहलाई मध्ये एक(दुई जनालाई





















