citizens life insurance long ad

निर्वाचन आयोगबाट मिशिल झिकाउन आदेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजी सम्बन्धी रिट निवेदनको फाइल मगाउने आदेश आज सर्वोच्च अदालतबाट भएको छ ।

दल दर्ता सम्बन्धी सक्कलै फाइल निर्वाचन अयोगबाट झिकाउने तथा सांसदको कारवाही सम्बन्धी सूचना जारी नभएको भन्ने सम्बन्धमा संसद सचिवालयबाट फाइल झिकाउने आदेश भएको छ । सो फाइल झिकाए पछि मात्र अन्तरिम आदेश हुने वा नहुने विषयमा सर्वोच्चबाट निर्णय आउने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिटमाथिको सुनुवाइ आज भएको थियो ।

यसअघि न्यायाधीश कार्की र मीरा खड्काको संयुक्त इजलासमा गत भदौ २८ गते पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

त्यसअघि भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सो विवादमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको थियो ।

अदालतले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको मिले वा नमिलेका विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो भने विपक्षीको लिखित जवाफ पेश भएको तेस्रो दिन सुनुवाइका लागि पेश तोक्न भनेको थियो ।

एमाले अध्यक्ष ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले भदौ १६ गते सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध छुट्टाछुट्टै तीन रिट निवेदन दर्ता गरेकी थिइन ।

एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई गरिएको कारबाही कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्काशनको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गर्न निवेदनमा माग गरिएको थियो ।

IME Life
kumari