प्राधिकरणको एमडिमा कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिलाई लिएर आज कारण देखाउ आदेश जारी गरेको छ ।
आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी रहेको भन्दै पुर्व एमडी हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्च अदालतले लामो समयपछि अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश मात्र जारी गरेको छ ।
उक्त मुद्दाको पेशी पटक पटक धकेलिँदै आएको थियो भने प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाले आफ्नो इजलाशमा यो मुद्दा राख्दै आएका थिए ।

























