stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

साउनमा एमालेको विधान अधिवेशन हुने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौ । नेकपा (एमाले) ले विधान सम्मेलन गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको बुझिन आएको छ ।

ओलीको चेतावनी

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला अघि नै हस्ताक्षर फिर्ता लिन माधव – झलनाथ समूहलाई चेतावनी दिएका छन् । बैठकमा बोल्दै ओलीले फैसला आउदा सम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने एमालेमा रहने बताएका हुन् ।

हस्ताक्षर फिर्ता हुँदैन: नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर फिर्ता नहुने जवाफ अध्यक्ष ओलीलाई दिएका छन् । शनिवार भएको टेलिफोन वार्तामा नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका हुन उनले बैठक रोक्न ओलीलाई आग्रह समेत गरेका छन् ।

prabhu mahalaxmi
kumari