evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

जिफन्टको लङगडो दावी ?

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा आफूहरूले खाइपाइ आएको सुविधा घट्छ भन्ने बैंकिङ क्षेत्रका कर्मचारीको दाबीलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले खण्डन गर्दै बैंक व्यवस्थापनले कर्मचारीमा भ्रम छरिदिएको आरोप लगाएको छ ।

खाइपाइ आएको सुविधा घटाउन नपाउने गरी कानुनी व्यवस्था गरेर मात्र कोष कार्यान्वयनमा आएको जिफन्टको भनाइ छ ।

सनराइज बैंक र ग्लोबल आईएमई बैंकमा काम गर्ने कर्मचारीको मृत्यु भएपछि नियमानुसार क्षतिपूर्ति दिन कोषले पत्र पठाएपछि त्यस विरुद्ध बैंकहरू एकजुट भई कर्मचारीहरूलाई कोष विरुद्ध गलत सूचना दिइएको जिफन्टको दाबी छ ।

‘अहिले आन्दोलन गर्नुपर्ने कारण नै थिएन । जब रोजगारदाताले बेइमान गर्‍यो, हामीले कारबाही गर्न दबाब दियौं,’। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले भने– ‘कोषमा जाँदा खाइपाई आएको सुविधा घट्छ भनेर व्यवस्थापनले कर्मचारीलाई भ्रममा पर्ने काम गरे । त्यही भुलभुलैयामा कर्मचारी परे ।’

बैंकिङ क्षेत्रमा आबद्ध केही युनियन १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । यसअघि कोषले पनि खाइपाइ आएको सुविधा कटौती गर्न नपाइने जनाएको थियो ।

‘श्रम ऐनको दफा ५२ र ५३ ले प्रदान गरेको सञ्चय कोष र उपदानलाई कोषमै जम्मा गर्नुपर्ने व्यवस्था छ । श्रम ऐनको दफा १७८ को उपदफा ३ र दफा ३४ को उपदफा ३ ले खाइपाई आएको घटाउन मिल्दैन,’ उनले भने ।

श्रम ऐनमा व्यवस्था गरेभन्दा बढी उपदान दिइराखेका संस्थाले थप उपदान श्रमिकले नै पाउने गरी आवश्यक व्यवस्था गर्नुपर्ने गरी श्रम नियमावली २०७५ को नियम २३ को उपनियम ४ ले समेत स्पष्ट गरेको जिफन्टले बताएको छ।

himalayan life insurance
igi long