Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

माधव नेपाल सहित चार जना नेतालाई गरिएको कारबाही फुकुवा गर्ने एमालेको निर्णय

civilbank long ad

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेतालाई गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता सुवासचन्द्र नेम्वाङले  जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी हित विरुद्ध लागेको भन्दै चारजना नेतालाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गर्ने निर्णय गर्नुभएको थियो । यस्तै देश र पार्टीको अवस्थालाई ध्यानमा राखेर थप निर्णय गर्ने अधिकार स्थायी कमिटीको बैठकले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पनि नेम्वाङले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।


३० वैशाख २०७८, बिहीवार ११:२८ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad