citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युनाइटेड इदी मर्दी हाइड्रोपावरले १ करोड ७९ लाख रुपैयाँ नाफा कमायो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी १ करोड २८ लाख रुपैयाँ नोक्सानमा थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २८.३० प्रतिशतले बढेर १० करोड ६ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट ७ करोड ८४ लाख रुपैयाँ कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले अन्य स्रोतबाट २ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत् बिक्री र अन्य श्रोतबाट हुने आम्दानी बढेसँगै यसको नाफा बढ्न मद्दत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा युनाइटेड इदी मर्दी हाइड्रोपावरको चुक्ता पुँजी ४२ करोड रुपैयाँ पुगेको छ ।

जगेडा कोष भने २ करोड ७३ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५० पैसा छ ।

himalayan life insurance
igi long