citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन सत प्रतिशतले सुधार

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९९.५१ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएको छ ।

कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ७८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा शुल्क आर्जन सँगै जारी भएको बीमालेखको संख्या पनि १६२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ८ हजार ८७२ वटा जीवन बीमा पोलिसी बिक्री गरेको थियो ।

जीवन बीमा व्यवसाय विस्तार सँगै यस वर्ष दाबी भुक्तानी पनि बढेको छ । गत वर्षको यहि अवधिमा तीन वटा पोलिसीमा मात्रै दाबी परेकोमा यस वर्ष ७ वटा पोलिसीको मृत्यु दाबी भुक्तानी गर्नु परेको छ । कम्पनीले ९ महिनाको अवधिमा २ करोड ८२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्नो जीवन बीमा कोष १७१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोष एक अर्ब ३३ करोड रुपैयाँको भएको छ ।

गत वर्ष यस्तो कोषमा ४९ करोड १९ लाख रुपैयाँ जम्मा भएको थियो । कम्पनीले दिर्घकालिन क्षेत्रमा मात्रै २ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा कर्जा लगानी गरे बापत ७ करोड १८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

himalayan life insurance
igi long