stcnepal long ad
global ime bank long

चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री पाण्डे सिफारिस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको ठाउँमा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो।

उनलाई फिर्ता बोलाउनेबारे यस अघिको बैठकमासमेत छलफल भए पनि को थियो । पौडेललाई किन फिर्ता बोलाइयो भन्नेबारे भने खुलाइएको छैन।

पौडेलको चार वर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा उनलाई सरकारले फिर्ता बोलाएको हो ।

केपी ओली पहिलो पटक प्रधानमन्त्री छँदा चीनमा पाण्डेलाई पठाउने निर्णय भए पनि पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछि उक्त निर्णय उल्ट्याएर पौडेललाई पठाइएको थियो।

पौडेल ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर भएका व्यक्तिहरूको सूचीमा नभए पनि अन्य छानबिनमा परेकोले वा चीनभित्रै केही समस्या देखिएर फिर्ता बोलाइएको हुन सक्ने आशङ्का मन्त्रीहरूले गरेका छन् । त्यसो त प्रधानमन्त्री ओली चिन भ्रमणदेखि नै पौडेलसँग त्यति सन्तुष्ट नभएको निकष्ठहरुको भनाई छ ।

संसदीय सुनुवाइ तथा चीनको सहमतिलगायत प्रक्रियाले नयाँ राजदूत पाण्डेलाई जिम्मेवारी सम्हाल्न कम्तीमा दुई महिना लाग्नेछ।

IME Lifesidebar
kumari