stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुरु भयो बन्दसत्र,सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । बन्द सत्रमा विभिन्न ५ वटा प्रतिवेदन प्रस्तुत हुने बताइएको छ । केहीबेरअघिदेखि घण्टी बजाएर सुरु भएको बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गर्नु हुनेछ ।

साथै, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोगका प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिनुभयो ।

निर्वाचन प्रकिया भोलि सुरु हुने छ । निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेदवारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न नपाउने भएका छन् त्यसैगरी, कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने आयोगले स्पष्ट गरेको छ ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फारम दाखिला गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर गरेको हुनुपर्ने छ ।त्यस्तै, पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने हरेकले दाखिला गर्ने मनोनयन फारममा एक जना प्रस्तावक र २१ जनाका दरले समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर भएको हुनुपर्नेछ ।

यसैगरी, कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थकले पार्टीको पदाधिकारी एवं सदस्य पदमा उम्मेदवारी दिन नपाउने आयोगले स्पष्ट गरेको छ ।

IME Lifesidebar
kumari