stcnepal long ad
global ime bank long

पुस्तकको १० प्रतिशत कर खारेज गर्न माग गर्दै नेविसंघको प्रदर्शन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै देश भर विरोध गरेको छ ।

संघले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखी आज देशभर विरोध गरेका हुन् ।

नेविसंघले उपत्यकाका त्रिचन्द्र, नेपाल ल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्श लगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गरे । “सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ”, उनले भने। अर्का महामन्त्री मनोज वैद्यले नेविसंघले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताए ।

IME Lifesidebar
kumari