citizens life insurance long ad
stcnepal long ad

अखिलद्वारा मुकेश हत्याराको विरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का पर्सा जिल्ला कमिटी सदस्य एवम् विन्दवासिनी गाउँ कमिटीका सचिव क. मुकेश चौरासीयाको क्रुरतापुर्वक हत्या गरिएको घटनाप्रति हाम्रो अत्यन्तै गम्भीर ध्यानाकर्षण भएको अखिल क्रान्तिकारीका सहसंयोजक रञ्जित तामाङले एक विज्ञाप्ति प्रकाशित गरि जनाएका छन।

मिति २०७७ कार्तिक ६ गते गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा केही अराजक र अवाञ्छित तत्वहरुले चौरासियामाथि गरेको निरकुश आक्रमणको भोलिपल्ट उहाँको दुस्खद निधन भएको थियोे ।

यस प्रकारको अत्यन्तै पाशविक , वर्वर र क्रुरतापुर्वक हत्याको घोर निन्दा र भर्त्सना गर्दै अपराधीलाई अविलम्ब कानुनको कठघरामा उभ्याई हदैसम्मको कार्वाही गर्न जोडदार माग गर्दछौं विज्ञाप्तीमा भनिएको छ ।

घटना घटेको एकसाता वितिसक्दा पनि स्थानीय प्रशासनले पिडित परिवारको किटानी जाहेरीसम्म दर्ता गर्न इन्कार गरिरहेको परिदृश्यले घटनालाई थप रहस्यमय वनाएको छ ।

यस्ता अपराधिक घटनाका दोषीलाई काहीँ कतैवाट कुनै प्रकारको राजनीतिक संरक्षण नगर्न सम्वन्धित सवैलाई चेतावनी दिन चाहन्छौं । यसर्थ पिडित परिवारको किटानी जाहेरी तत्काल दर्ता गर्न, आरोपितलाई गिरफ्तार गरी छानवीन प्रक्रिया तत्काल अघि वढाउन र जस्तोसुकै राजनीतिक ख‍ोल ओडेका अपराधी भएपनि अनुसन्धान प्रक्रियालाई निष्पक्ष र दवाव रहित ढंगले अघि वढाउन जोडदार माग गर्दछौं ।

अन्त्यमा मृतक क. मुकेश चौरसियाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पार्टी आन्दोलनमा पुर्याएको योगदानको उच्च सम्मान सहित उहाँलाई अविलम्ब सहिद घोषणा गर्न माग गर्दछौं । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं अनेरास्ववियु सहसंयोजक तामाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

No description available.

IME Life
kumari