citizens life insurance long ad
stcnepal long ad

दिपक ओझा गिरफ्तारीको विरोध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल बिद्यार्थी संघका नेता दिपक ओझालाई हिजो बिनाकारण अत्तरिया,कैलालीबाट गिरफ्तार गरिएको घटना प्रति नेपाल विधार्थी संघ केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ती प्रकाशित गरि खेद व्यक्त गरेका छन ।

बिना कसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेताहरुलाई धरपकड,पक्राउ र यातना दिइनु नेकपा सरकारको अत्यन्त अमानवीय र निन्दनीय रबैया हो विज्ञाप्तिमा भनिएको छ।

राजनैतिक प्रतिशोधका आधारमा संघका नेताहरुलाई पक्राउ गर्ने, झुट्टा मुद्दा लगाउने र विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने सरकारको एक पछि अर्को गतिविधिले सरकार पंचायतकालिन मानसिकताका साथ अघि वढेको प्रष्ट हुन्छ। यस्ता गतिविधिको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं विज्ञप्तीमा भनिएको छ ।

दशैं अवधि भर विभिन्न स्थानवाट नेविसंघका नेता, कार्यकर्ताहरुलाई धरपकड गर्ने, झुठा मुद्दा लगाउने तथा यातना समेत दिइएका घटनाहरु सार्वजनिक भएका छन।

सरकारको तावेदारी गर्न प्रतिपक्षि विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु लाई विना कारण पक्रिने, झुठा मुद्दा लगाउने तथा हिरासत भित्रै यातना दिने कार्यमा संलग्न प्रहरी प्रशासनका अधिकारी हरुलाई तेसो नगर्न चेतावनी दिन चाहन्छौं।

हिरासत भित्र यातना दिने र मानव अधिकारको उल्लंघन गर्ने कार्यमा संलग्न हुने हरुलाई कानुनको कठघरामा उभ्याइने छ।
निरन्तर संगठनको गतिविधिमा सहभागी भइरहेको अबस्थामा कैलाली बाट पक्राउ गरिएका नेबिसंघ, शंकरदेव क्याम्पसका नेता दिपक ओझालाई तत्काल रिहाइको निम्ति जोडदार माग गर्दछु।

तत्काल रिहाई नगरे कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरिएको छ।

No description available.

IME Life
kumari