भोलि कार्तिक १४ गते हिमालयन बैंकले सबै शाखा बन्द गर्ने
काठमाडौं । भोलि शुक्रबार कार्तिक १४ गते हिमालयन बैंकको सबै शाखा कार्यालयहरु बन्द हुने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गरी बैंकका सम्पूर्ण शाखाहरु उक्त एक दिनको लागि पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो । बैंकको सिस्टम अपग्रेडेशन हुन गइरहेकोले हिमालयन बैंकले सबै शाखा बन्द गर्न लागेको हो ।
यद्दपी, यो अवधिमा बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटीएम सेवा भने सुचारु हुने हिमालयन बैंकले जानकारी गराएको छ ।






















