सुरु गर्यो काठमाडौं महानगरपालिकाले अनलाइन राजश्व प्रणाली
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ । महानगरपालिकाले आज वडा नंम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा सुचारु गरेको हो ।
महानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत एकनारायण अर्यालले बताए ।
सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताए । कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अव त्यस्तो अवस्थाको अन्त्य हुने उनले बताए ।
तिवारीको अनुसार अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ ।
यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको उनले बताए।
























