stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

ग्लोबल आइएमई लघुवित्तको नाफासँगै बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

लघुवित्त कम्पनीले गत वर्षको यसै अवधिसम्म १० करोड ७२ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा ४० प्रतिशतभन्दा बढीले खुद नाफा बढेको हो।

नाफा बढेसँगै लघुवित्त कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष लघुवित्त कम्पनीको ईपीएस २३ रुपैयाँ १० पैसा रहेकोमा चालू आवमा बढेर ३२ रुपैयाँ ३९ पैसा पुगेको छ।

त्यस्तै लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी ४४ करोड ६१ लाख रुपैयाँबाट बढेर पौने ५४ करोड रुपैयाँ नजिक पुगेको छ भने सञ्चालन नाफा पनि १५ करोड ३२ लाख रुपैयाँबाट बढेर करीब साढे २१ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको लघुवित्त कम्पनीको जगेडा कोषमा करिब ६३ करोड रुपैयाँ रहेको छ। निष्क्रिय कर्जा ४.४८ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ६६ पैसा रहेको छ। यस अवधिसम्म कम्पनीको कुल वितरणयोग्य नाफा (लाभांश क्षमता) ८ करोड ८७ लाख रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari