stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

स्वर्णलक्ष्मी सहकारी हिनामिना: एक अर्ब बिस करोड बिगो माग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनमा हाल कास्की प्रहरीको हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (निलम्बित) सहित ४० जनाभन्दा बढी प्रतिवादी विरुद्ध झन्डै एक अर्ब २० करोड बिगो माग गर्न सिफारिस गरिएको छ ।

परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदन तयार भएको र बिहीबारसम्म जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी छ ।

अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालतमा आरोपपत्र दायर गर्दा प्रतिवादी र हिनामिना भएको रकमको बिगो तलमाथि हुन सक्ने भएकाले प्रहरीले सबै विवरण भने सार्वजनिक गरेको छैन ।

अनुसन्धान प्रतिवेदनमा परिसको हिरासतमा रहेका स्वर्णलक्ष्मी सहरकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामासहित पूर्वअध्यक्ष जिबी राई, देवेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, सविना आलेमगर लगायत विरूद्ध मुद्दा चलाउनु पर्ने राय प्रतिवेदन मार्फत दिइएको छ ।

परिसर स्रोतका अनुसार स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ बचतकर्ताले जम्मा गरेका कुल दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपियाँमध्ये एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो अपचलन भएको पाइएको छ ।

हिनामिना भएकोमध्ये झन्डै ६४ करोड रुपियाँ अवैध रूपमा गोर्खा मिडिया लगी अपचलन गरेको पाइएको छ । स्वर्णलक्ष्मी सहकारीमा उक्त सहकारीको रकम हिनामिना भएको भन्दै ६९० जना पीडित बचकर्ताका तर्फबाट ९३ वटा छुट्टाछुट्टै जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीको अनुसन्धानमा सहकारीका तत्कालीन अध्यक्ष जिबी राईसहितले गोर्खा मिडिया नेटवर्कमा मात्र प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपियाँ लगेको भेटिएको छ । प्रहरीले गोर्खा मिडियाको हकमा उक्त रकम नै बिगो मागदाबी गरेको छ ।

गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न भनी सो सहकारीबाट २०७८ साउन ४ मा ४६ लाख ९८ हजार र ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै २०७८ पुस १ मा ४६ लाख ८८ हजार रुपियाँ लगेको पाइएको छ ।

यसै गरी पोखराको सूर्यदर्शन सहकारीबाट अनधिकृत रूपमा स्वर्णलक्ष्मी सहकारीमा एक करोड तीन लाख ३७ हजार ७३९ रुपियाँ अवैध ऋण प्रवाह गरेको पाइएको छ ।

अनुसन्धान प्रतिवेदनमा स्वर्णलक्ष्मी सहकारीबाट डेभ डिप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्म, मन्डारा टु«र्स एन्ड एक्सपेन्डिसन लिमिटेड, गोर्खा हर्बल प्रोडक्सन प्रालि, मन्डारा ट्रुर एन्ड ट्राभल्स लिमिटेड, कुम कुम हर्बल इन्डस्ट्रिज प्रा.लि.मा ऋण प्रवाह गरेको फेला परेको छ ।

त्यस्तै हर्बो इन्टरनेसनल प्रा.लि., न्यु सुलक्स अफसेट प्रिन्टर्स र गोर्खा ग्रुप अफ कम्पनिज प्रा.लि. सारेगामा रेकर्डस प्रा.लि., भगवती बालुवाखानी प्रा.लि., स्प्रिङबुड रियलस्टेट प्रा.लि. र गोर्खा मिडिया प्रालिमा अवैध रूपमा ऋण प्रवाह गरेको पाइएपछि सोही अनुसारको बिगो मागदाबी सिफारिस गरिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari