छविलाल जोशीलाई बयानका लागि बुटवल ल्याइयो
दाङ । सहकारीको निक्षेप अपचलन गरेको आरोपमा पक्राउ परेको गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई बयानको लागि सोमबार बुटवल ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डिएसपी लक्ष्मी खनालले कास्की हिरासतमा रहेका जोशीलाई हवाई जहाजमा पोखराबाट रुपन्देही ल्याएको जानकारी दिइन्।
जोशीलाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको छ। भोलिदेखि जोशीको बयान सुरु हुने डिएसपी खनालले जानकारी दिइन्। कार्तिक ७ गते कास्की फर्काउने जनाइएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ।
पोखराको सुर्यदर्शनसँगै बुटवलको सुप्रिम लगायतका सहकारीबाट अनाधिकृत रुपमा गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोपमा पुर्वडिआइजी जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याइएको हो। यो सहकारीबाट १४ करोड रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएको देखिन्छ




























