citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

आगामी भूमिका तय गर्न कांग्रेसले बैठक बोलाएको हो । बैठकमा प्रदेश सभापतिहरु पनि सहभागी हुनेछन् ।

himalayan life insurance
igi long