stcnepal long ad
global ime bank long

आइएमई लाइफ इन्स्योरेन्सको जेठ २८ गते वार्षिक साधारण सभा

इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा, आम्रपाली ब्यांकेट क्याटरिङ एण्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

IME Lifesidebar
kumari