citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन आज बैठक बस्न लागेको हो ।

हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर(गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय लिइएको थिएन ।

सभापति देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए ।

सभापति देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।

नेता कोइराला र थापाले इलाम(२ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम–२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो ।

नेता कोइराला र महामन्त्री थापाले आचार्यको नाममा अडान लिएपछि बैठक निष्कर्ष टुङ्गिएको छ ।काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार आज दिउँसो २ बजे उम्मेदवार टुङ्ग्याउन पुनः बैठक बस्नेछ ।

himalayan life insurance
igi long