citizens life insurance long ad
stcnepal long ad
national life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चैत २७ गते वार्षिक साधारण सभा

सेयरधनीलाई नगद लाभांश दिंदै

global bank
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चैत २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभाले ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा ले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ ।

यस कारण लाभांश पाउन चैत १२ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्नेछ । साधारण सभा, अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

himalayan life insurance
igi long