citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

संविधान संशोधन विधेयकमाथि सांसद गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौ ।  संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरि दिएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नु पहिला सभामुखले गिरीको संशोधन प्रस्ताव खारेज गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रतिनिधिसभाको विधेयक शाखाबाट आएको टिप्पणीमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र महासचिव भरतराज गौतमको राय हेरेपछि सभामुखले उक्त निर्णय लिएका हुन् ।

गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्त विपरीत रहेको टिप्पणी विधेयक शाखाबाट गएको थियो । सांसद गिरीको संशोधन प्रस्ताव नियमावली विपरीत भएकाले सभामुखले खारेज गर्नसक्ने कानूनविद्ले बताएका थिए ।

विगतमा पनि यसरी आएका संशोधन प्रस्ताव सभामुखबाट खारेज हुने गरेका विधेयक शाखा प्रमुख उपसचिव नारायणप्रसाद ढकालले बताए । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख छ ।

उक्त प्रस्तावअनुसार छलफल भएपछि उनले नै संविधान संशोधन विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसपछि मतदान हुनेछ । समाजवादीले सरकारले प्रस्तुत गर्ने विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

gold
kumari bank