stcnepal long ad
global ime bank long

सेनाले ल्याएका सामग्रीमा पनि पीसीआर किट थोरै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपाली सेनाले हालसम्म ‘जी टू जी’ प्रक्रियामार्फत चीनबाट २८ हजार ३ सय ८५ थान पीसीआर किट, सोही संख्यामा परीक्षणका लागि आवश्यक रिएजेन्ट तथा थ्रोट स्वाब कलेक्टर टुल्स ल्याएको छ ।

संक्रमण तीव्र गतिले बढिरहेका बेला यी सामग्री मुलुकका स्वास्थ्य संस्थाको आवश्यकताको तुलनामा न्यून हो । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रस्थित उच्च स्रोतबाट प्राप्त तथ्यांकअनुसार सेनाले यसपटक ल्याए बराबर नै सामग्रीहरु अझै आउने बाँकी नै छ ।

चैत १६ को मन्त्रिपरिषद् बैठकको निर्देशनअनुसार सेनाले चीनबाट २ अर्ब २६ करोडमा २ सय ४३ टन स्वास्थ्य सामग्री खरिद गर्दा त्यसमा पीसीआर परीक्षणका लागि आवश्यक पर्ने सामग्री भने करिब ५७ हजार थान मात्रै रहेको खुलेको हो ।,

स्रोतका अनुसार यी सबै सामग्री सेनाले समन्वय गरेर खरिद गरे पनि खरिद सूची भने सेनाले बनाएको होइन । ‘स्वास्थ्य मन्त्रालयमा रहेका विज्ञहरुले सूची बनाउँदा नै पीसीआर परीक्षणका लागि आवश्यक सामग्री थोरै संख्यामा राखिएको देखियो,’ स्रोतले भन्यो, ‘सामान खरिद नै गरेपछि किन यति थोरै संख्या राखियो त्यो त सूची बनाउनेले मात्रै भन्न सक्ला ।’

यस्तै सेनाले पीसीआर किटका साथै चीनबाट विभिन्न ६९ वटा स्वास्थ्य सामग्री खरिद गर्नका लागि सम्झौता गरिसकेको छ । जसमध्ये दुईपटक हवाईमार्ग र एकपटक स्थलमार्ग गरेर लगभग ५४.९ टन सामग्री सेनाले नेपाल ल्याइसकेको छ ।

याे खबर कान्तिपुर दैनिकमा छ ।

IME Lifesidebar
kumari