stcnepal long ad
ime life insurance
global ime bank long

धुम्रपान गर्नेहरुको कोरोना संक्रमणबाट मृत्यु हुने सम्भावना बढी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पु¥याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’

न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दम लगायत श्वास प्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ। सुर्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए।

श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ। क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेहजस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ।

सर्जिकल अङकोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेले धुमपानका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी भएको बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

prabhu mahalaxmi
kumari