stcnepal long ad
global ime bank long

आज प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ ।

आज ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ ।

उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ । सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले प्रस्तावलाई समर्थन गर्ने जनाइसकेका छन् । मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णय अनुसार जेठ ९ गते शुक्रबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् ।

यस अघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको थियो ।

सरकारले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याइएको छ । यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।

 

IME Lifesidebar
kumari