citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

फोरजी प्रयोगकर्ता साढे ४६ लाख पुगे

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौं । मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको उल्लेख छ। दूरसञ्चार प्राधिकरणले २०७६ माघसम्मको एक वर्षको तथ्यांकका आधारमा प्रतिवेदन सार्वजनिक गरेको हो। २०७५ सालको माघसम्म अर्थात् एक वर्ष अघिसम्म २५ लाख तीन हजार ७२८ फोरजी प्रयोगकर्ता थिए। एक वर्षको अवधिमा ८६।३० प्रतिशतले फोरजी ग्राहकको संख्यामा वृृद्धि भएको छ।

सो अवधिमा दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये एनसेलका ग्राहक अधिक बढेको देखिएको छ। दोस्रो स्थानमा स्मार्ट र तेस्रोमा नेपाल टेलिकम छ। निजी क्षेत्रका सेवाप्रदायकले शतप्रतिशतले भन्दा धेरै ग्राहक बढाउँदा सरकारी स्वामित्वको नेपाल टेलिकमको ग्राहक जम्मा १८ प्रतिशतले बढेको छ।

२०७५ माघसम्म एनसेलको फोरजी ग्राहक १६ लाख ७२ हजार ८९१ थिए। २०७६ माघमा एनसेलको ग्राहक संख्या ११२ प्रतिशतले बढेर ३५ लाख ४५ हजार २८६ पुगेको छ। २०७५ माघसम्म स्मार्टको फोरजी ग्राहक एक लाख १९ हजार ६८० को संख्यामा थियो। २०७६ माघमा स्मार्टको ग्राहक संख्या १३१.३१ प्रतिशतले बढेर दुई लाख ७६ हजार ८३२ पुगेको छ।

२०७५ माघसम्म सरकारी स्वामित्वको नेपाल टेलिकमको फोरजी ग्राहक ७ लाख ११ हजार १५७ को संख्यामा थियो। २०७६ माघमा नेपाल टेलिकमको ग्राहक संख्या १८.४७ प्रतिशतले बढेर ८ लाख ४२ लाख ५४३ को संख्यामा पुगेको छ।

दूरसञ्चार सेवाप्रदायकमध्ये नेपाल टेलिकमले २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी विस्तार गरेको थियो। एनसेलले २०७४ जेठबाट काठमाडौं उपत्यकालगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा सुरु गरेको थियो। स्मार्ट सेलले २०७४ कात्तिकबाट काठमाडौं र पोखराबाट सेवा सुरु गरेको थियो।

टेन्डर र आन्तरिक विवादका कारण टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको एक वर्ष गति लिन सकेको थिएन। २०७४ माघबाट भने टेलिकमले फोरजी सेवा विस्तारलाई आक्रामकता साथ अघि बढाएको थियो।

२०७५ असोज ५९ वटा साना तथा ठूला सहरमा टेलिकमले फोरजी सेवा सुरु गर्‍यो। २०७५ माघदेखि टेलिकमले ७७ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ। ७७ जिल्ला फोरजी सेवा विस्तार गर्न नेपाल टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ। नेपाल टेलिकमका सह प्रवक्ता कृष्णप्रसाद भण्डारी पुराना सिम प्रयोगकर्ता धेरै भएकाले फोरजी प्रयोगकर्ता अपेक्षाकृत रूपमा बढ्न नसकेको बताउँछन्। ‘सुरुवाती दिनमा सिम अटोमेटिक फोरजीमा अपग्रेड हुने व्यवस्था थिएन’, भण्डारीले भने, ‘अहिले फोरजी सपोर्ट गर्ने सेट र सिम भएका ग्राहकको अटोमेटिक अपग्रेड हुन्छ।’

अहिले टेलिकमको सेवा ७७ जिल्लामै पुगेको छ। उनका अनुसार वैशाख महिनामा टेलिकमको फोरजी ग्राहक ५७ लाख नागिसकेको छ। पुराना सिमलाई फोरजीमा अपग्रेड गर्ने र नेटवर्क विस्तारमा उल्लेखनीय सुधार भइरहेकाले ग्राहक वृद्घि भइरहेको उनको दाबी छ। आजको अन्नपुर्ण दैनिकबाट

 

gold
kumari bank