stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसईई, कक्षा ११ र १२ को परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा हुने हल्ला मात्रै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो ।

शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिँदै भने, ‘विकल्प दिएका छौँ ।

त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले र ऐच्छिक विषयको विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्थाको प्रस्ताव गरेका हौँ तर त्यसका लागि राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।’ सो परिषद् शिक्षा मन्त्रीको अध्यक्षतामा रहने प्रावधान छ ।

उनले एसईई, कक्षा ११ र १२ को परीक्षा नहुने वा आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र जारी गरिने जस्ता भ्रम सुनिएको चर्चा गर्दै ती सबै गलत कुरा भएको प्रस्ट गरे । ‘कानुनले परीक्षा लिनुपर्दछ भनेको छ ।

हामी कानुनभन्दा बाहिर जान सक्दैनौँ । त्यसैले सरकारले हामी अब सुरक्षित छौँ भनेर घोषणा गरेपछि परीक्षा सञ्चालन हुनेछ ।’ उनले भने, ‘परीक्षा सञ्चालन गर्नुअघि तयारीका लागि विद्यार्थीलाई कम्तीमा दुई हप्ताको समय दिइनेछ, कोरोना भाइरसको जोखिम रहँदासम्म परीक्षा सञ्चालन गर्ने कुरा हुँदैन । त्यसैले त्यसको गति नियन्त्रणमा परीक्षा भर पर्नेछ ।’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यार्थीको स्वास्थ्य महत्वपूर्ण विषय भएकाले आफूहरू पर्ख र हेरको स्थितिमा रहेको बताए ।परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईईका परीक्षार्थीलाई घरपायक परीक्षामा सहभागी हुन पाउने सहज व्यवस्था गर्न उपकेन्द्रको सोच अगाडि ल्याइएको र त्यसका लागि के कति उपकेन्द्र कायम गर्न सकिन्छ भनेर देशभरिका शिक्षा विकास तथा समन्वय एकाइलाई यही महिना भित्र प्रस्ताव पेस गर्न समय दिइएको जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari