stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धिसाईका ठेक्का जताततै अलपत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विभिन्न ठाउँमा विकास सम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ ।

सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन् । उनी यसअघि चेक बाउन्स कसुरमा पक्राउसमेत परेका थिए । उनै शाहीको कम्पनी सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिले १ करोड ७४ लाख २ हजार ४ सय ७३ रुपैयाँ मूल्य अभिवृद्धि करमार्फतको रकम तिर्न बाँकी रहेको पाइएको हो ।

आन्तरिक राजस्व कार्यालय ठमेलले बिहीबार एक सूचना जारी गरेर कर बक्यौता दाखिला गर्न भनेको छ । शाही कांग्रेस डोल्पा सभापतिसमेत रहेका छन् । शक्तिकेन्द्रको आडमा समयमै आयोजनाको निर्माण नगर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ ।

सिद्धिसाईले विभिन्न ठाउँमा सडक पूर्वाधार सम्बन्धी ठेक्का लिएर अलपत्र पार्ने गरेको समेत पाइएको छ । शाहीको सिद्धिसाई सम्बद्ध जेभीले ठेक्का लिएको मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवा भन्ज्याङ ९१० किलोमिटर० खण्ड वर्षौंदेखि कालोपत्रे नगरी अलपत्र पारेको छ ।

तेस्रोपटक थप भएको म्याद सकिँदा समेत कालोपत्र बिछ्याउने कार्य सुरु भएको छैन । हालसम्म सेखुवा–चखेवा भन्ज्याङ खण्डको कालोपत्रको काम करिब ३५ प्रतिशत मात्र भएको आयोजनाले जनाएको छ ।

शाहीकै सिद्धिसाई संलग्न महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्ड अन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम पनि अलपत्र छ ।

भारत कन्ट्रक्सन९सिद्धिसाई जेभीले २०७७ असार मसान्तभित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्र योजनाको सम्झौता गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजना मध्येकै मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बाग्लुङ–घोडाबाँधे सडकको काम पनि सिद्धिसाईले अलपत्र छाडेको पाइएको छ । उपल्लाचौरदेखि अछेते बिहूँसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले काम अलपत्र पारेको हो ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम पनि अलपत्र रहेको छ । आजको राजधानी दैनिकबाट

 

prabhu mahalaxmi
kumari