stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् ।

विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी गरिएको हो ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले एसईईका विद्यार्थी केही दिनदेखि निकै तनावमा परेको र अभिभावकसमेत यसबाट पीडित भएकाले परीक्षा तयारी सहज बनाउन यस खालको प्रबन्ध गरिएको बताउनुभयो ।

विद्यार्थीले अब अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक विषयको कुनै प्रश्नको उत्तर नआए टेलिफोनबाटै विषय विज्ञ शिक्षकलाई सोध्न पाउनेभएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयमा शिक्षक विद्यार्थीको टेलिफोन संवादलाई टोल फ्री नम्बर बनाएर निःशुल्क बनाइने योजना रहेको महासङ्घका अध्यक्ष थापाले बताउनुभयो ।
महासङ्घले यसका लागि एक विषयका सात शिक्षकको सूची सार्वजनिक गरेको छ ।

सबै प्रदेशबाट सबै विषयमा एक/एक शिक्षक रहनेगरी कुल ३५ शिक्षकको सूची तयार पारिएको बताइएको छ । रोस्टरमा रहेका शिक्षकमध्ये विद्यार्थीले जुनसुकै शिक्षकलाई पनि सोध्न सक्नेछन् ।

लामो समयदेखि विद्यार्थी शिक्षकसँग सम्पर्कबाहिर रहेको र केही नजानेको कुरासमेत सोध्न नपाउने अवस्थामा विद्यार्थीको पठनपाठनमा झनै समस्यामा पर्ने भएकाले आफूहरूले यस खालको उपाय निकालेको उहाँले बताउनुभयो ।
विद्यार्थीलाई अनिवार्य विषयमा धेरै समस्या हुने भएकाले पाँच विषयका शिक्षक खोजिएको अध्यक्ष थापाले बताउनुभयो । एसईईमा पाँच वटा अनिवार्य विषय रहेका छन् ।

ऐच्छिक विषयका रूपमा रहेका तीन वटा विषयका लागि भने हाल यो व्यवस्था गर्नेछैन । धेरै विद्यार्थीले रोज्ने ऐच्छिक गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर लगायतका विषयमा भने यस खालको प्रबन्ध गर्न नसकिएको उहाँको भनाइ छ ।

यसैबीच महासङ्घले एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसित भौगोलिक रूपमा टाढा भए पनि प्राविधिक रूपमा निकट भएर सहयोग गर्न देशभरका शिक्षकसित आह्वान गरेको छ ।
मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा देखिएपछि सरकारले चैत ६ गतेबाट गर्ने तयारीमा भइरहेको एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको थियो ।

भाइरसको सङ्क्रमण कम हुने बित्तिकै परीक्षा निर्वाध रूपमा सुरु गरिने भएकाले केही समय धैर्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावक तथा विद्यार्थीलाई आग्रह गरेको छ । एसईईमा परीक्षामा झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने जनाइएको छ ।

आजको गोरखापत्र दैनिकबाट

 

prabhu mahalaxmi
kumari