२५ गाडी ग्यास आयो

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार
काठमाडौ । चैत १८गते बेलुका ६ बजेदेखि १९ गते बिहान ६ बजेसम्म नागढुङगा नाकाभई उपत्यका भित्रीएका गाडीहरु मध्ये ग्यासका गाडी २५ वटा गाडी अर्थात १४०७३ सिलिन्डर ग्याँस र ग्यास बुलेट ८ वटा गाडी काठमाडौ आएको छ।
यसैगरी पेट्रोलका १ वटा, चामल बोकेका २० वटा, औषधि ८ वटा, फलफुल ९ वटा,दुध १४ वटा, अक्सिजन ६, तरकारी ३५, अण्डा ४ ,डिजेल १, कुखुरा ७, दाल १०, नुन ७; चिनि ४, खसि–बोका ४, मैदा ६, गहु ५, धान ५ , घ्यू तेल ४ लगायतका आवश्यक अन्य सामाग्री बोक्ने करिब ८३ वटा पिक अप भ्यान र ९९ माल बाहक गाडी भित्रीएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।