citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे प्रधानमन्त्रीले चासो राख्दा स्वास्थ्यमन्त्री मौन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ?’ आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए।

कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्को आलोचना हुन थालेको छ। त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीले बताए।

उनका अनुसार प्रधानमन्त्रीले यो विषयमा झन्डै २० मिनेट बोलेका थिए। लकडाउन एक साता लम्ब्याउने र राहत प्याकेज घोषणा गर्ने दुई एजेन्डा मात्र रहेको मन्त्रिपरिषद् बैठक त्यसपछि केही लम्बिएको ती मन्त्रीले सुनाए।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षण र सुरक्षाका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई)लाई खरिदको जिम्मा दिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यभन्दा तेब्बरमा खरिद गरेको भन्दै चिकित्सक र कतिपय आपूर्तिकर्ताले प्रश्न उठाएपछि अनियमतिताको आशंका गरिएको छ। ‘स्वास्थ्य उपकरणका सन्दर्भमा भएको के हो ? बाहिर अनेक कुरा किन आइरहेका छन् ? भ्रष्टाचार भयो भनेर त्यो विषय कसरी उठ्यो ? प्रश्न उठ्नुका कारण के हुन् ?’,

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘सरकारलाई बदनाम गर्ने नियत पनि यसभित्र छन् कि सरकारकै केही कमीकमजोरी पनि छ ?’ प्रधानमन्त्रीले संकटका बेला जाने सन्देश सरकार र पार्टीका लागि अर्थपूर्ण हुने स्पष्ट पार्दै यस्तो बेला संवेदनशीलता बुभ्mनुपर्ने धारणा राखेका थिए।

‘धेरै विषय त प्रधानमन्त्रीले के–के बोल्नुभयो बुझ्न सक्ने अवस्था भएन। बैठक कक्षमा मिलाइएको बस्ने व्यवस्था, प्रधानमन्त्रीको दबिएको र सानो आवाजका कारण धेरै विषय नजिक रहेका मन्त्रीबाहेक अधिकांशले बुझ्न सक्नुभएन’, अर्का मन्त्रीले भने, ‘तर, उहाँले खरिद प्रकरणका विषयमा चासो र चिन्ता भने लिनुभयो।’

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बैठकमा केही नबोलेको ती मन्त्रीले बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

gold
himalayan life insurance long ad
kumari bank