citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नागरिक लगानी कोषले सरकारको कोरोना नियन्त्रण कोषमा १ करोड २५ लाख सहयोग गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौँ । नागरिक लगानी कोष (सीआइटी) ले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कोषको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

साथै, सञ्चालक समितिका अध्यक्ष एवं सदस्यहरुले प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम उपलब्ध गराउने निर्णय भएको नागरिक लगानी कोषका प्रवक्ता उद्धव सिलवालले बताए ।

gold
himalayan life insurance long ad
kumari bank