citizens life insurance long ad
stcnepal long ad

आन्दोलनका कारण रोकिएको इजरायल जाने प्रक्रिया केही समयपछि खुल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इजरायलको परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको आन्दोलनका कारण रोकिएको इजरायल जाने प्रक्रिया केही समयपछि खुल्ने भएको छ ।

इजरायलको तेल अविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै इजरायलको परराष्ट्र मन्त्रालय कर्मचारी युनियनको अगुवाइमा भइरहेको आन्दोलन अवधिभर सरकारी प्रक्रिया अगाडि नबढाउन तथा महत्वपूर्ण भ्रमण नगरिदिन आन्दोलनरत कर्मचारी युनियनबाट अपिल भएका कारण तत्काल रोकिएको जनाएको छ ।

दूतावासले आन्दोलनका कार्यक्रम सकिएपछि रोजगारीका लागि युवाको भिसा प्रक्रिया छिट्टै सुचारु हुने र केही समय धैर्य गर्न आग्रह गरेको छ ।

नेपाल र इजरायलबीच सरकारीस्तरमा (जीटूजी) हस्ताक्षर भएको ‘इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट सहायक कामदार ल्याउनेसम्बन्धी सम्झौता’ अनुसार वैदेशिक रोजगार विभागले विभिन्न चरणका परीक्षा मार्फत् छनोट गरेका एक हजार ५९ भन्दा बढी नेपालीमध्ये हालसम्म २ सय ९७ जना इजरायल गइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका निर्देशक एवं इजरायल रोजगार संयोजक श्रीचन्द्र साहले तत्कालका लागि उडान कार्य नभए पनि रोजगार सम्झौता, भिसा, पूर्व प्रस्थान अभिमुखीकरण लगायतका काम भइरहेको बताए ।

विभागले पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिएकामध्ये एक हजार ५० श्रमिकको भिसा प्रक्रियाका लागि नामावली दूतावास पठाएको जनाएको छ । हालसम्म एक हजार ५९ युवाको इजरायलका रोजगारदातासँग रोजगार सम्झौता भइसकेको छ ।

भिसा प्रक्रियाका लागि नेपालस्थित इजरायली दूतावासमा पठाएका पासपोर्टमा भिसा लागेपछि विभागले श्रम स्वीकृतिको प्रक्रिया अघि बढाउने तयारीसमेत गरेको छ । विभागले रोजगारीका लागि इजरायल जाने प्रक्रियामा रहेका युवाको ९० प्रतिशत काम पूरा गरिसकेको जनाएको छ ।आजको कारोबार दैनिकबाट

IME Life
kumari