प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग,दरखास्त दिने आज अन्तिम दिन
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धेरै संख्यामा कर्मचारी माग गरेको छ। यसरी माग गरिएका कर्मचारीले दरखास्त दिने आज अन्तिम दिन रहेको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
जसमा कम्पनीले ब्रान्च म्यानेजरमा २ जना, सब ब्रान्च इन्चार्जका लागि २५ जना, म्यानेजमेन्ट ट्रेनीका लागि १५ जना र ट्रेनी असिस्टेन्टका लागि १५ जना गरी ५७ जना कर्मचारीको माग गरेको थियो ।
कम्पनीले आफ्नो उपत्यका बाहिर र उपत्यकाभित्रका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले चैत ८ गतेभित्र आवेदन दिनुपर्ने समय निर्धारण गरेको छ ।
नीजि बीमा कम्पनीले यसरी सार्वजनिक आवेदन खुलाएर योग्य र सक्षम कर्मचारी माग गरेको यो पहिलो घटना हो।


























