stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रदूषण घटाउन सक्रियता

न्यूनतम मापदण्डभन्दा कमका प्लास्टिकका झोला प्रयोगमा पूर्ण प्रतिबन्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । वातावरण स्वच्छतामा नेपालको विश्वव्यापी योगदान वृद्धि गर्न सरकारले जल, स्थल र वायु प्रदूषण घटाउन कार्ययोजनाका साथ काम थालेको छ । यस वर्षको वातावरण दिवसको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना’ झैँ सरकारले देशव्यापी वातावरण संरक्षण र स्वच्छताका लागि आफ्नो कदम अगाडि बढाएको हो ।

यसै अवधारणाका साथ नेपाल सरकारले नेपालमा वातावरण सुधारको स्वामित्व प्रत्यक्ष रूपमा लिएको छ, जसअनुसार मानव स्वास्थ्य र वातावरणका लागि अत्यधिक हानिकारक मानिने ४० माइक्रोनभन्दा पातलो झोला प्रयोग नगर्ने, जल प्रदूषणलाई प्रत्यक्ष निगरानी र प्रभावकारी ढङ्गले कम गर्ने र वायु प्रदूषण रोक्न विद्युतीय सवारी प्रयोगमा जोड दिएको छ ।

पर्यावरणीय संरक्षणका लागि कार्यक्रमको कार्यान्वयनसमेत सुरु भएको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिनुभयो ।

वायुमण्डल र पृथ्वीको पर्यावरण मानिसका लागि मात्र होइन, यहाँ रहने हरेक प्राणी र वनस्पतिका लागि हो । त्यसैले दिगो विकासको लक्ष्य २०३० हासिल गर्न पनि पृथ्वी र यहाँको वातावरण जस्ताको त्यस्तै आउने पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने संयुक्त राष्ट्रसङ्घमा आबद्ध मुलुकको साझा प्रतिबद्धता रहि आएको छ ।

सोही प्रतिबद्धता कार्यान्वयन गर्दै सरकारले यस पटकको बजेटमा महत्त्वपूर्ण कार्यदिशा तय गरेको छ । विभागका उपमहानिर्देशक जोशीका अनुसार पहिलो प्राथमिकता वातावरण संरक्षण गरेर आफ्ना नागरिकलाई संविधानप्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिनुपर्छ भन्नेतर्फ लक्षित छ ।

त्यस्तै विश्वव्यापी वातावरण प्रदूषणको चाप बढाउने मुलुकको सूचीमा नभई संरक्षणकारी सूचीमा राख्ने योजनामा सरकारले बजेट मार्फत विभाग सहितका सम्बद्ध निकायलाई अग्रसर बनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा वातावरणमा प्रत्यक्ष असर पार्ने ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो, “यो विषय पहिले पनि उठेको हो तर मन्त्रालय र विभागको मात्र योजना भनेर कार्यान्वयन प्रभावकारी भएन । अहिले सरकारले नै स्वामित्व ग्रहण गरेपछि भने काम गर्न सहज भएको छ ।” आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari