stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

मिस्ट्रीको बिद्युत राष्ट्रिय प्रणालीमा, ४२ मेगावाट उत्पादन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

बेनी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निजी क्षेत्रको लागानिमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत १५ दिन सम्म परीक्षणको रुपमा उत्पादन भए पछि व्यवसायिक उत्पादन हुने आयोजनाले जनाएको छ ।

माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिरिट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो ।

मिरिस्ट्री खोला जलबिद्युत् आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काका अनुसार १४–१४ मेगावाटका तीनवटै युनिटबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । खड्काले भन्नुभयो ‘मिस्ट्रीखोलाबाट उत्पागित विद्युत् केन्द्रीय प्रणालीमा जोडियो’ ।

‘परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ ।’ परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राबिधिक टोली आएका थिए ।

माउन्टेन इनर्जीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ । स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना रहेको कम्पनीले दावी गरेको छ ।

आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् । उक्त आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् ।

२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।

विद्युत विकास विभागबाट २०६८ कार्तिक २० गते निर्माण अनुमतिका लागि ५३ नम्बरमा लाइसन्स रोवर्ट इनिजीले लिएको बिभागकी सूचना अधिकारी निशा रिजालले बताउनुभएको छ । रोवर्ट इनर्जीलाई पछि गएर माउन्टेन इनर्जीले लिएपछि अहिले आयोजनाबाट उत्पादन शुरु हुन लागेको प्रवद्र्धकले जनाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना केही ढिला भएको हो ।

यस भन्दा पहिला नारच्याङमा–२ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना र पाँच मेगावाटको घलेम्दी जलविद्युत आयोजनाबाट बिद्युत उत्पादन भै रहेकोमा मिरिस्टले व्यवासायीक उत्पादन दिन थालेपछि ४९ मेगावाट विद्युत म्याग्दी जिल्लाबाट उत्पादन हुने छ ।

नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअगाडी मात्रै सफल परीक्षण भएको थियो । आजको गोरखापत्र दैनिकबाट

himalayan life insurance
igi long