stcnepal long ad
global ime bank long

आफन्त बिदाइ गर्न नआउन त्रिभुवन विमानस्थलको आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएको कार्यालयले जनाएको हो । अत्यावश्यक अवस्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्न भन्दै विमानस्थलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरेको मापदण्ड पालन गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

विमानस्थल आवतजावत गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, शरीरको तापक्रमको मापन गराएर टर्मिनल भवन प्रवेश गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा रहँदा भीडभाड नगरी साङ्केतिक पाइला पछ्याउनुपर्नेजस्ता मापदण्ड पालना गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुले भने अनिवार्य प्रस्थान फारम भर्नुपर्ने र आन्तरिक हवाई यात्रुले आन्तरिक यात्रा फारम भरेर सम्बन्धित वायुसेवा कम्पनीलाई बुझाउनुपर्ने कार्यालयले जनाएको छ । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari